`

उदयपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

Nepal One HD २४ मंसिर २०८२ ९:५५
समाज

उदयपुर (गाईघाट), २४ मङ्सिरः चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *