`

महाधिवेशन प्रतिनिधिले ओलीमाथि भएको प्रहारको जवाफ दिए: महेश बस्नेत

Nepal One HD ३ पुष २०८२ ११:५२
नेकपा एमाले

नेकपा एमालेका नेता महेश बस्नेतले महाधिवेशन प्रतिनिधिले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको जवाफ दिएको बताएका छन् ।

महाधिवेशनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएपछि महाधिवेशनस्थल भृकुटीमण्डममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्षका लागि भएको प्रतिस्पर्धामा ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेल भन्दा लगभग तेब्बर मतले अघि देखिएपछि उनले यस्तो प्रतिकृया दिएका हुन् ।

ईश्वर पोखरेल पक्षलाई केही पदाधिकारी दिएर जाने गरी सहमति गरौं भनेर अन्तिमसम्म प्रयास गर्दा पनि पोखरेल पक्ष नमानेको पनि उनले दाबी गरे । ‘केही पदाधिकारी उहाँहरूलाई दिएर सहमति गरेर जाउँ भनेर अन्तिमसम्म प्रयास भएको हो,’ उनले भने, ‘तर उहाँहरू मान्नु भएन, लोकतान्त्रिक विधि मानेर चुनावमै जाने भएपछी चुनावमा गएका हौं ।’

तर, सचेत प्रतिनिधिले पार्टीमा ओलीको आवश्यकता भएको बुझेर त्यसैअनुसार मतदान गरेको उनले बताए ।

उनले सुशिला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र निरंकुश भएको तर्क पनि गर्दै प्रतिनिधि सभा पुन:स्थापना गरी अघि बढ्ने पनि बताए । जारी अधिवेशनमा बस्नेत सचिव पदका प्रत्याशी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *