`

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

Nepal One HD २० पुष २०८२ ७:५१
समाचार

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ “पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ”, पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भन्नुभयो ।

यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो । केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *