`

कालिकोटमा महेन्द्रविरुद्ध जीवनले दिए उम्मेदवारी

Nepal One HD ६ माघ २०८२ १८:१३
राजनीति

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध नेकपाका केन्द्रीय सदस्य जीवन बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।
कालिकोटबाट उम्मेदवार बन्ने चर्चामा रहेका बुढालाई मनोनयन दर्ता गर्ने अन्तिम दिन टिकट खोसिएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाका पूर्वसदस्य जीवन बुढा टिकटको मुख्य दाबेदार मानिएका थिए । अन्तिममा टिकट नपाएपछि उनले बागी उम्मेदवारी दर्ता गराएका हुन्। ०७० सालको संविधान सभादेखि महेन्द्र शाही निरन्तर चुनाव लड्दै आएका छन् ।

०७० सालमा चुनाव जितेका शाही २०७४ मा प्रदेश सभा चुनाव लडेर कर्णालीको पहिलो मुख्यमन्त्री बनेका थिए । ०७९ सालको चुनावमा प्रतिनिधि सभा सदस्य शाहीले निरन्तर अवसर पाउँदै आएका छन् । आगामी निर्वाचनका लागि जीवन बुढाकोे बलियो दाबेदारी रहेको भएपनि पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्र मानिएका महेन्द्रले टिकट खोसेपछि निरंकुशताको विरुद्व आफ्नो उम्मेदवारी रहेको बुढाले बताए ।

२० बर्षमा पनि एउटै ब्यक्तिले अवसर लिनु र अरुलाई वेवास्ता गर्ने प्रवृत्तिबिरुद्ध आफ्नो उम्मेदवारी रहेको बुढाले बताए । कालिकोटबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वका प्रबक्ता खड्कबहादुर बिश्वकर्मा रहेपनि उम्मेदवारी दिएका छन् । माओवादी भित्रको आन्तरिक विवादले नेपाली काँग्रेस र एमालेका लागि निर्वाचन परिणााम आफ्नो पक्षमा पार्न सहन हुने आँकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *