बालेन शाहले सामाजिक सञ्जालका लागि आइटी क्षेत्रमा गरेको लगानीको स्रोत जनताले खोज्नु पर्ने
दमक । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य गोविन्द थापाले बालेन शाहले सामाजिक सञ्जालको लागि आइ टी क्षेत्रमा ६ करोड लगानी गरेको चर्चा चलीरहदा लगानीको स्रोत जनताले खोज्नु पर्ने बताएका छन् ।
पार्टीको किरात कञ्चन टोल कमिटी दमक ८ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थापाले धेरै वटा घरमा बेग्लाबेग्लै आइटीको अफिस राखेर जनशक्ति सामाजिक सञ्जाल उपयोग गरेको लगानीको स्रोत जनता, नेता र कार्यकर्ता सबैले खोज्नु पर्ने बताए। गत भदौ२३ गते स्कूलले विधार्थीलाई उक्साएर भीडभाडमा मराउने षडयन्त्रकारी बन्द कोठामा बसेर योजना बनाउने अहिलेको उम्मेद्धवार वालेन शाहको गलत कार्यको कार्यकर्ताले भण्डारफोर गर्नु पर्ने बताए।
अहिले मुुलुक संकटमा रहेको वेलामा सबैले देश बचाउन एमाले मात्र नभएर सबै राजनीतिक दल र देश भक्तिहरुले आवाज उठाउनु पर्ने नेता थापाले बताए । पार्टीको किरात कञ्चन टोलका अध्यक्ष होम बहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा आपतमा आतिने र सहजता मातिने भन्दा पनि सबैले केपी शर्मा ओलीलाई जिताउनु पर्ने बताएका छन् । भेलामा सहभागीहरु पूर्व जनप्रतिनिधि भीमराज केसीले समस्या पर्दा मात्र सम्झीने समय प्रवृत्तिको अन्त गर्न सुझाव दिए ।
सहभागी फडिन्द्र भटराईले विपक्षीलाई कमजोर ठान्न नहुने बताए । यसैगरी अर्काे सहभागी राम बाबु सापकोटाले मान्छे भन्दा समय बलमान हुने हुदा त्यसलाई पच्छाउनु पर्ने सुझाव दिएको एमाले वडा कमिटी दमक ८का वडा अध्यक्ष खेम श्रेष्ठले बताए ।
कार्यक्रममा आउदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालन समितिको संयोजक धर्म प्रसाद दाहाल(दिपेश)र एमाले वडा कमिटी इन्चार्ज राम प्रधान र किरात कञ्चन टोलको निर्वाचन परिचालन संयोजक पशुपति राज गौतम लगायतले प्रत्येक मतदाताहरु सम्म पुग्ने आग्रह गरेका थिए ।
