`

विध्वङ्स मच्चाउनेहरुको आरोप जनताले पत्याएका छैनन : ओली

Nepal One HD २६ माघ २०८२ १६:०७
नेकपा एमाले

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधीक तत्वहरुले आफुमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताएका छन् । 

सोमबार झापाको गौरीगञ्जको देवीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधीक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधीक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताएका हुन् । 

तत्कालिन प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउदै अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीक तत्वहरुले नै बनाएको धारणा राखे । ओलीले मुलुकको बिकासका लागि एमालेले सवै भन्दा धेरै काम गरेको दावी समेत गरे ।

गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट बिकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले तोडमोड गरेको भन्दै उहाले आपत्ति जनाए ।  उनले नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहनुभएका ओली पछिल्लो समय झापामा स्थानीयसंगको छलफलमा केन्द्रीत भएका छन् । 

सो क्षेत्रमा पुग्दा स्थानीयले त्यस क्षेत्रमा टेलिफोनको टावर निर्माण गरि दिन माग गरे । मोवाईलको नेटवर्क राम्रोसँग नटिप्ने भएकाले टावर निर्माणको आवश्यकता रहेको स्थानीय सीताराम यादवले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *