`

९०.४% नेपाली पुरुषसँग आफ्नै मोबाइल फोन, शहरी क्षेत्रमा डिजिटल पहुँच अझ बलियो

Nepal One HD २६ माघ २०८२ १६:१२
बिशेष

काठमाडौं । नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ९०.४ प्रतिशत नेपाली पुरुषसँग आफ्नै मोबाइल फोन रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार देशका झण्डै १० मध्ये ९ पुरुष मोबाइल फोनको पहुँचमा पुगेका हुन् ।

सर्वेक्षणअनुसार पछिल्लो तीन महिनामा ७८.७ प्रतिशत पुरुषले मोबाइल फोन प्रयोग गरेका छन्, जसले पुरुषमा मोबाइल प्रयोगको सक्रियता उच्च रहेको देखाउँछ ।

त्यस्तै, आफ्नै स्मार्टफोन प्रयोग गर्ने वयस्क पुरुष ८२.१ प्रतिशत पुगेका छन्, जसले साधारण मोबाइलभन्दा स्मार्टफोनतर्फ पुरुषको पहुँच तीव्र रूपमा बढिरहेको संकेत गर्छ ।

शहरी क्षेत्रमा डिजिटल पहुँच अझ बलियो देखिएको छ । काठमाडौं उपत्यकाभित्र (ग्रामीण भेगबाहेक) क्षेत्रमा ९२.४ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् ।

घरपरिवारस्तरमा ८२ प्रतिशत घरमा इन्टरनेट सुविधा सहितका उपकरण प्रयोग भइरहेको देखिएको छ । तर प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशको ग्रामीण भेगमा इन्टरनेटयुक्त उपकरणको पहुँच सबैभन्दा कम, ५९.१ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *