चुनावपछि जनता दुःखमा, नेता सुखमा हुन्छन्, विवेक पुर्याएर मतदान गर्नुहोस् : रवीन्द्र मिश्र (भिडियो)
भिडियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रले अन्य पार्टीका नेता कार्यकर्ताहरूले नै यसपटक आफ्ना चुनावी कार्यक्रमहरू आयोजना गर्ने गरेको बताएका छन् ।
उनीहरूले आफूलाई ‘तपाईंजस्तो मान्छे संसद्मा पुग्नैपर्ने’ भन्ने गरेको पनि बताए ।
गत निर्वाचन (२०७९)मा १२५ मतले पराजित हुँदा आफूहरूलाई नरमाइलो लागेको भन्दै यसपटक जित्नैपर्ने भनेको मिश्रले सुनाए ।
उनले निर्वाचनपछि जनताले दुःख पाउने र नेताले सुख पाउने गरेको भन्दे विवेकपूर्ण मतदाताको अपिल पनि गरे ।
मिश्र यतिबेला चुनावी घरदैलो अभियानमा छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
