`

दुई भारतीय पर्यटक तिनाउ खाेलामा डुब्दा बेपत्ता, नाम र ठेगाना पनि खुलेन

Nepal One HD ८ चैत २०८२ १८:२६
अपराध

काठमाडौं । दुई जना भारतीय पर्यटक पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका छन् । उनीहरुकाे खाेजीमा स्थानीय, सशस्त्र प्रहरी र दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुटेका छन् । बेपत्ता हुने द्वय भारतीय पर्यटककाे नाम र ठेगाना खुल्न बाँकी छ ।

पाल्पा प्रहरीका सूचना अधिकारी हाेमप्रकाश चाैधरीका अनुसार तिनाउ गाउँपालिका-३, दोभान ड्यामसाइडस्थित जलविद्युत आयोजनाको हेडबक्सनजिक उनीहरू डुबेका हुन् ।

उनले पाँच जनाकाे समूहमा भारतीय पर्यटकहरु हेडबक्सनजिक हिँडिरहेका थिए । त्यहीबेला दुई जना हेडबक्स क्षेत्रमा खसेर बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । बेपत्ता भएका दुवै पुरुष हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *