`

सुनको मूल्य दिनहुँ घटेको घटेकै, आज घट्यो तोलामै १६००

Nepal One HD १० चैत २०८२ ११:२७
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामै १ हजार ६०० रुपैयाँले घटेकाे हाे ।

यससँगै आज सुनकाे काराेबार २ लाख ७३ हजार ९०० रुपैयाँमा भइरहेकाे छ । अघिल्लो दिन तोलामा ६ हजार ५०० रुपैयाँले घट्दै २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा ८० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *