लागुऔषधसहित १५ जना पक्राउ, ठूलाे परिमाणमा लागुऔषध बरामद
काठमाडौं । मोरङकाे बिराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन ३२ ग्रामसहित भारत घर भएका २९ वर्षीय मसुल अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरीकाे इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय ख्यामबहादुर देवान लिम्बु र २७ वर्षीय शौरभ कटुवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०४९ प ५७०२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय रंजित चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिरहाकाे गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही नगरपालिका-५ बस्ने २५ वर्षीय अनिल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ३३ वर्षीय बलिराम महतोले बेच्नको लागि पठाएको भनि खुल्न आएपश्चात लहान नगरपालिका-१ भाईरलबाबा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ५० मिलिग्राम सहित बलिरामलाई पक्राउ गरेको छ ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ हजार ७ एम्पुल, डाइजेपाम ९ सय १० एम्पुल र फेनारगन ७ सय ३३ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बडसारे बस्ने २६ वर्षीय सुनिल कुमार यादव र ३५ वर्षीय जितेन्द्र जैसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एएक्स ८१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने ४९ वर्षीय लक्कीचन्द केवटको घरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय ३९ एम्पुल, डाइजेपाम ६ सय ३४ एम्पुल र फेनारगन ७ सय ८ एम्पुल फेला पारी लक्कीचन्दलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेकाे कोहलपुर नगरपालिका-२ बर्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सत्य नारायण थारू समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
रूकुम पूर्वकाे भुमे गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय साहस पुन र २५ वर्षीय सुन्दर रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पुर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान थालेकाे छ ।
