स्वास्थ्य स्थिति उच्च जोखिममा परेपछि ओलीलाई आइसोलेसनमा राख्ने तयारी
नेकपा एमाले
काठमाडौं। केपी शर्मा ओली स्वास्थ्यका दृष्टिले उच्च जोखिममा रहेको अस्पतालले जनाएको छ। सोही कारण उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार आइतबारसम्म ओलीमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा पानी जम्ने समस्या, पित्तथैलीमा पथरी र थाइराइड जस्ता स्वास्थ्य समस्या देखिएका छन्।
उपचारका क्रममा आवश्यक सबै परीक्षणका लागि उनलाई पठाइएको र रिपोर्ट आएपछि मात्र स्वास्थ्य अवस्थाबारे थप स्पष्ट हुने अस्पतालले जनाएको छ। साथै, पित्तथैलीमा रहेको पथरीको शल्यक्रिया गर्ने वा नगर्ने भन्ने विषयमा पनि रिपोर्टका आधारमा निर्णय गरिने बताइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
