`

पक्राउ परेकी एमाले सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न आदेश

Nepal One HD १६ चैत २०८२ १८:४६
नेकपा एमाले

काठमाडौं । बालिकामाथि श्रमशोषण गरेको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलाल को इजलासले उनलाई तीन दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको हो।

शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले सोमबार राति धुम्बाराहीबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको हो।

यसअघि काठमाडौं महानगरपालिका ले २०८१ जेठ १४ गते शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो। नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर हिंसा गरेको आरोप लागेपछि महानगरले उद्धार गरेको जनाएको थियो।

त्यतिबेला काठमाडौं महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह ले समेत उक्त घटनाबारे चासो व्यक्त गरेका थिए।

घटनासम्बन्धी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं मा दर्ता भएको थियो। तर, जाहेरी दर्ता भएको दुई महिना बितिसक्दा पनि पक्राउ नगरिएको भन्दै प्रहरीको आलोचना हुँदै आएको थियो।

यसअघि गत माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालय ले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *