`

च्यासलमा एमाले सचिवालय बैठक जारी,विरोध अझ उग्र बनाउने तयारी

Nepal One HD १७ चैत २०८२ १३:२७
नेकपा एमाले

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ गरेपछि मंगलबार पार्टी सचिवालयको दोस्रो बैठक जारी छ। गत शनिबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका हुन्।

अहिले ओली हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। उनका पक्राउ परे लगत्तै उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा पहिलो सचिवालय बैठक बसेको थियो। राजनीतिक घटनाक्रमबारे थप छलफलका लागि मंगलबार मध्याह्न पनि सचिवालय बैठक बसिरहेको छ।

बादलको अध्यक्षतामा बसिरहेको बैठकले विरोधका थप कार्यक्रम तय गर्न सक्ने बताइएको छ । बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार एमाले संसदीय दलको नेताबारे समेत छलफल हुन सक्नेछ।

यस्तै, गत भदौमा जेनजी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री ओलीसहितका नेताहरूमाथि सरकारको छानबिन र प्रतिशोधबारे पनि कुराकानी भइरहेको सचिव महेश बस्नेतले जानकारी दिए।

बस्नेतले अध्यक्ष ओली विरुद्ध भइरहेको प्रतिशोधपूर्ण गतिविधिको विरोधमा सचिवालयले थप कार्यक्रम तय गर्ने बताए।

उनले भने,’अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधपूर्ण गतिविधिको विरोधमा थप कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बसिरहेको छ। ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *