विष्णु पौडेलले भने – ‘बादल’ले सदनमा राखेको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छ
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सदनमा राखेको धारणा पार्टी नीतिविपरीत रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत पौडेलले सो अभिव्यक्तिप्रति आपत्ति जनाउदै बादलको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत रहेको बताए ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा नेता बादलले रास्वपाको जितलाई एआई र अल्गोरिदमको नतिजा र विदेशी शक्तिको चलखेल भनेर बताउका थिए । त्यसपछि उनको सामानजिक सञ्जालमा आलोचना भइरहेको छ । यसैबीच पौडेलले बादलको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, प्रतिनिधि सभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले ब्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन् । यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।
