`

सबै नागरिकले सुरक्षित महसुस गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

Nepal One HD २० चैत २०८२ २०:३५
प्रमुख खबर

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आमनागरिकले सुरक्षित महसुस गर्नुपर्ने बताउनुभएको छ ।

आज वीरेन्द्रनगरमा आयोजित मानवअधिकारसम्बन्धी एक कार्यक्रममा उहाँले राज्य भनेको अभिभावक भएकाले हरेक नागरिकले सुरक्षाको प्रत्याभूत गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “म मुख्यमन्त्री भएकाले राज्यले दिएको सुरक्षा घेराभित्र छु तर आमनागरिकहरू ढुक्कसँग बाँच्नुपर्ने छ । राज्यले यसतर्फ ध्यान दिनुपर्दछ ।”

आन्दोलनमा आन्दोलनरत पक्ष वा राज्य पक्ष होस दुवैले होस गुमाउन नहुने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले कहिले पनि हस्तक्षेप नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जब शान्तिपूर्ण आन्दोलनका नाममा जथाभावी हुन थाल्छ अनि प्रहरीले शान्ति सुरक्षा कायम गराउन आफ्नो कर्तव्य पूरा गर्दै आएको छ ।”

प्रहरी पनि मानिस नै भएकाले जे पायो त्यही गरेर दबाब दिन नहुनेतर्फ उहाँले सचेत गराउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *