`

प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त

Nepal One HD २० चैत २०८२ २२:००
प्रमुख खबर

काठमाडौं -प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा दाहाल नियुक्त भएकी छिन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उनी शुक्रबार नियुक्तभएकी हुन् ।

खोजपत्रकार, लेखक एवं प्राध्यापक दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो कार्यभार सम्हालेकी छिन् ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, अनुसन्धान र मिडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *