`

राष्ट्रियसभाका उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा

Nepal One HD २३ चैत २०८२ १८:५८
प्रमुख खबर

काठमाडौँ। राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट उक्त पदमा पुग्ने पहिलो महिला हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुभएका भण्डारी सभाको आजको बैठकमा निर्विरोध रुपमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उक्त पदमा एक मात्र उम्मेदवारी परेकाले उहाँलाई सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्विरोध विजयी घोषणा गर्नुभएको हो । उहाँ गत माघ ११ गते सदस्यमा निर्वाचित हुनुभएको थियो । उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा २०४७ सालदेखि सुरु भएको हो ।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा छ महिना शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएका भण्डारी गेटा मेडिकल कलेज सञ्चालनको पहलकर्ताका साथै मुक्त कमलरीको अवस्था सुधारमा भूमिका निर्वाह गर्नुभएको थियो ।

कैलालीको फूलबारीस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि राजनीतिमा चासो राख्नुभएकी उपाध्यक्ष भण्डारीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा सक्रिय भएर विद्यार्थीको सवालमा काम गर्नुभएको थियो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गर्नुभएका उहाँले एमालेको १०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित हुँदै पोलिटब्यूरो सदस्य र कैलाली जिल्ला संयोजकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *