`

स्वास्थ्यमन्त्री मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूको शिष्टाचार भेट

Nepal One HD ३० चैत २०८२ २१:२६
राजनीति

काठमाडौँ । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबिच साेमबार दुई देशबिचको स्वास्थ्य क्षेत्रको साझेदारीलाई थप दिगो र प्रभावकारी बनाउने विषयमा भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार भेटमा स्वास्थ्य सेवाको आधुनिकीकरणका विषयमा पनि गहन छलफल भएको जनाइएको छ।

भेटमा मन्त्री मेहताले नेपालको सामाजिक, आर्थिक विकासमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगको सराहना गर्दै आगामी दिनमा द्विपक्षीय हितका क्षेत्रमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयमा सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *