`

सांसद ध्रुव राईले बाँदर मार्नुपर्छ भन्दा सांसद आशिका तामाङको आपत्ति

Nepal One HD ४ जेठ २०८३ ११:४१
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बाँदरले किसानलाई दुःख अति नै दिएको भन्दै मार्न पाउनुपर्ने भन्ने अभिव्यक्ति दिएपछि श्रम संस्कृति पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति जनाएकी छन् ।

राईले संसदको आकस्मिक समयमा भनेका थिए, ‘धेरै माननीयहरूले कुरा उठाउनुभयो बाँदर बँदेलहरूले आज जनताहरूलाई दुःख दिइरहेका छन्, यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदैछौँ ? यसबारे हामी के लेख्दैछौँ ? किसानलाई दुःख दिने बाँदर मार्न पाउनुपर्छ ।’

लगत्तै रास्वपा सांसद आशिकाले नियमापत्ति जनाउँदै सांसद राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *