भारत भ्रमणमा रविसँग को-को जाँदैछन् ? [भिडियो]
बिशेष
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रवि लामिछाने नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल आगामी जेठ १८ मा भारत भ्रमणमा जाने निश्चित भएको छ । सभापति लामिछानेको नेतृत्वमा जाने टोलीले विभिन्न राजनीतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
लामिछानेसँग पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, निकिता पौडेल तथा स्वकीय सचिव अविनाश आचार्य भारत जानेछन् ।
भारतीय जनता पार्टीको निमन्त्रणामा लामिछानेको टोली भारत जान लागेको बताइएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, कूटनीतिक अधिकारी तथा विभिन्न संस्थासँग भेटवार्ता हुने जनाइएको छ।
पछिलो समय नेपाल-भारत सम्बन्ध चिसिएको चर्चा हुँदै आएको छ। यही सेरोफेरोमा हुन् लागेको लामिछानेको भ्रमणले सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
