`

इन्दिरा रानाले संसदमै ‘म कराइराख्छु किन भनिन्?’ [भिडियो]

Nepal One HD १२ जेठ २०८३ १२:५२
बिशेष

काठमाडौं। रास्वपा सांसद इन्दिरा रानामगरले आफूले १९९० सालदेखि नै देशका विभिन्न कुनाकाप्चाबाट बालबालिकाको उद्धार गर्दै आएको बताएकी छन् ।

उनले विगतमा गोलघरमा मानिसलाई साङ्ग्लोमा बाँधेर यातना दिइने घटनाविरुद्ध समेत आवाज उठाएको उल्लेख गरिन् । मानवअधिकार र बालबालिकाको सुरक्षाका लागि निरन्तर संघर्ष गरिरहे पनि आफूलाई प्रतिपक्षी दलका कार्यकर्ताले नकारात्मक रूपमा चित्रण गर्ने प्रयास भइरहेको उनको गुनासो थियो ।

रानामगरले वास्तविक मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिमाथि कारबाही गर्नुपर्ने मागसमेत गरिन् । आफूले अन्याय र शोषणविरुद्ध हिजो पनि आवाज उठाएको र आज पनि निरन्तर बोलिरहेको उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *