`

काभा सेमिफाइनलमा नेपाल इरानसँग पराजित

Nepal One HD १४ जेठ २०८३ २१:०३
खेलकुद

काठमाडौँ। राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो । जितसँगै इरान भने प्रतियोगिताको फाइनलमा पुगेको छ ।

नेपाल इरानसँग २०–२५, १५–२५ र २५–११ ले पराजित भएको हो । अब इरानले फाइनमा कजकस्तानसँग खेल्नेछ ।आजै भएको पहिलो सेमिफाइनल खेलमा कजाखस्तानले भारतलाई ३–० कै सोझो सेटमा हराएर फाइनल पुगेको हो । फाइन खेल भोलि हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *