प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन वा माफी माग्न कांग्रेसको माग
नेपाली कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले १७ जेठको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने वा संसदमा माफी माग्नुपर्ने माग गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक ठहर गर्दै कांग्रेसले यस विषयमा कडा विरोध दर्ज गराउन चाहेको बताए।
‘उहाँको अभिव्यक्ति कि फिर्ता लिनुपर्छ कि माफी माग्नुपर्छ । यो नआउन्जेल संसद सुचारु गर्न हामीलाई पनि बाध्यता छ,’ उनले भने।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
