`

२२ अंकले बढ्यो नेप्से

Nepal One HD १९ जेठ २०८३ १५:२७
अर्थ समाचार

काठमाडौं । अघिल्लो दिन २६ अंकले घटेको सेयर बजार मंगलबार २२.२१ अंकले बढेको छ। सो वृद्धिसँगै नेप्से परिसूचक २७७७ अंकमा कायम भएको छ। सुरुवाती समयमा बजारमा केही उतारचढाव देखिए पनि १२:२५ बजेपछि बजारले उकालो गति लिएको थियो।

आज १८४ कम्पनीको मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ५ अर्ब २६ करोडमा सीमित भएको छ।

फाइनान्स समूहको सूचकमा आज उच्च वृद्धि देखिएको छ। सो समूहको सूचक ६.०३ प्रतिशतले बढेको हो। केही फाइनान्स कम्पनीहरूको मूल्यमा आएको तीव्र वृद्धिले समूहगत सूचकमा उल्लेखनीय प्रभाव पारेको छ।

उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहका सूचकहरू बढेका छन्। उत्पादन समूह भने ०.४२ प्रतिशतले घटेको छ। अन्य समूह ३.८४ प्रतिशतले बढेको छ। नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सजस्ता ठूला कम्पनीहरूको मूल्य वृद्धि हुँदा अन्य समूहमा समेत सकारात्मक प्रभाव परेको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *