बालेनको बोली विवाद : विपक्षीको संसद अवरोध
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायम राखेका छन्।
केहीबेरअघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाएपछि बैठकको कार्यवाही प्रभावित भएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठक अवरुद्ध गरेका हुन्। उनीहरूले प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने माग अघि सारेका छन्।
यसअघि बसेको सर्वदलीय बैठकमा पनि यही विषयमा छलफल भए पनि सत्ता र विपक्षबीच सहमति जुट्न सकेको थिएन।
सर्वदलीय बैठकमा सत्तापक्षले भारत भ्रमण, सीमा विवाद लगायतका समसामयिक विषयमा रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिने प्रस्ताव राखेको थियो।
तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री बालेन शाह स्वयंले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान लिएका छन्।
विपक्षी अवरोधका कारण संसद् बैठकको नियमित कार्यसूची अघि बढ्न नसकेको जनाइएको छ।
