`

प्रतिनिधिसभाको बैठक आज, महालेखापरीक्षकको प्रतिवेदनदेखि आर्थिक विधेयक पारितसम्मको कार्यसूची

Nepal One HD १२ असार २०८३ ८:५१
प्रमुख खबर

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् सचिवालयले दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची पनि सार्वजनिक गरेको छ । सार्वजनिक कार्यसूचीअनुसार आजको विभिन्न विधेयक प्रस्तुत तथा आर्थिक विधेयकमाथि छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको छ ।

यस्तै सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक प्रस्तुत गरिनेछ ।आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल हुने तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *