`

सुनको मूल्य आज कति?

Nepal One HD २४ असार २०८३ ११:००
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन पनि घटेको मूल्य आज पुनः ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ। यससँगै छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला ४ हजार ५५५ रुपैयाँ रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *