`

जेनजी सहिदहरूकाे वलिदान स्मरणीय, प्रेरणादायी र सम्मानयाेग्य : दाहाल

Nepal One HD २३ भदौ २०८३ २३:३६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता सूर्यकुमार दाहाल (एस.के)ले जेनजी सहिदहरूले राष्ट्र र समाजमा परिवर्तनका लागि गरेको बलिदान सधैँ स्मरणीय, प्रेरणादायी र सम्मानयोग्य रहने बताएका छन्। उनले परिवर्तनको यात्रा सहज नहुने र त्यसका लागि अनेकौँ पीडा, संघर्ष, त्याग तथा बलिदान जोडिने उल्लेख गरेका छन्।

आफ्नो जीवनभन्दा माथि उठेर अधिकार, न्याय, स्वतन्त्रता र समुन्नत भविष्यको सपना बोकेर अगाडि बढ्ने ती वीर आत्माहरूको योगदान राष्ट्रले कहिल्यै बिर्सन सक्दैन,’ दाहालले विज्ञप्तिमार्फत् भने ।

सहिदहरूको बलिदानले सबैलाई अझ जिम्मेवार, सचेत र कर्तव्यनिष्ठ बन्न प्रेरणा दिने उल्लेख गर्दै दाहालले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

दाहालले आन्दोलनका क्रममा भएको बलिदानलाई तत्कालीन घटनाका रूपमा नभई देशको परिवर्तन, अधिकार, न्याय र स्वतन्त्रताको संघर्षसँग जोडिएको महत्वपूर्ण योगदानका रूपमा स्मरण गर्नुपर्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *