`

जलवायु संकटसँग जुध्न विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

Nepal One HD २७ कार्तिक २०८३ १२:५४
बिशेष

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन विश्वकै साझा चुनौती भएकाले यसको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन् ।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै मन्त्री खनालले हिन्दूकुश हिमाली क्षेत्रको संरक्षण र सुदृढीकरणमा जोड दिएका छन् ।

‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा उनले जलवायु परिवर्तनका असरले राष्ट्रिय सीमा नचिन्ने उल्लेख गरे । यस्तो साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले पृथ्वीको पारिस्थितिक प्रणालीको स्वास्थ्य र मानवताको सामूहिक हित संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए ।

साथै, कार्यक्रममा कोप-३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *