`

स्थानीय तह निर्वाचन गैरदलीय बनाउनुपर्ने बहसबारे जनमत संकलन गर्ने जय नेपाल पार्टीको निर्णय

Nepal One HD २ मंसिर २०८३ १५:०१
जय नेपाल पार्टी

काठमाडौं। स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्नुपर्ने बहस चलिरहेका बेला जय नेपाल पार्टीले यस विषयमा जनस्तरको राय संकलन गर्ने भएको छ।

पार्टी अध्यक्ष डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्थानीय तह निर्वाचनको प्रणालीबारे जनमत संकलन गरी पार्टीमा प्रतिवेदन पेस गर्न प्रदेश तहका इन्चार्ज र संयोजकहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टीले यस विषयमा १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निकायको निर्वाचन गैरदलीय रूपमा सञ्चालन गरिनुपर्छ भन्ने माग र बहस जारी रहेको सन्दर्भमा यस विषयमा जनस्तरको राय संकलन गरी पार्टीमा १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्न प्रदेश तहका इन्चार्ज र संयोजकहरूलाई जिम्मेवारी प्रदान गर्ने।’

स्थानीय तह निर्वाचनमा राजनीतिक दलको चुनाव चिह्न र दलीय प्रतिस्पर्धा कायम राख्ने कि गैरदलीय प्रणाली अपनाउने भन्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ। जय नेपाल पार्टीले भने यसबारे तत्काल कुनै निष्कर्षमा पुग्नुभन्दा जनस्तरको धारणा संकलन गरेर पार्टीमा छलफल गर्ने बाटो रोजेको छ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि देशका ७७ वटै जिल्लाबाट सक्षम र इच्छुक उम्मेदवारहरूको नामावली संकलन गर्ने निर्णयसमेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *