`

नेपालको भूमि फिर्ता, खुला सीमा व्यवस्थापन र व्यापार घाटाको मुद्दा भारतसँग उठाउन खनालको आग्रह

Nepal One HD ६ मंसिर २०८३ ९:१९
बिशेष

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा नेपाल–भारतबीचका पुराना समस्या प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

कुराकानीमा खनालले ग्रेटर नेपालको नक्सा, कालापानी–लिपुलेक–लिम्पियाधुरा, सुस्ता सीमा विवाद, खुला सीमा व्यवस्थापन, डुबान र व्यापार घाटाका विषयमा स्पष्ट धारणा राख्नुपर्ने बताए।

उनले ईपीजी प्रतिवेदन कार्यान्वयन, नेपाली भूभाग फिर्ता तथा सन् १९५० को नेपाल–भारत सन्धि पुनरावलोकनको विषयसमेत भारतसँग उठाउनुपर्नेमा जोड दिए।

उनले भने – ‘तीन करोड नेपालीले अब प्रधानमन्त्री बालेनसँग प्रश्न गर्नेवाला छन्, तपाईंले भारतमा गएर ग्रेटर नेपालको बारेमा के भन्नुभयो ?’३५ वर्षमा सकेनन्, अब यो वर्तमान सरकारले त्यो गर्न सक्नुपर्छ । यो उहाँका सामु चुनौती छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *