`

भारतमा लुकेका थिए पूर्वमुख्यसचिव अर्याल

Nepal One HD १० मंसिर २०८३ १३:४०
प्रमुख खबर

काठमाडौं । मलेसिया श्रमिक ठगी प्रकरणको अनुसन्धान अब पूर्वमुख्यसचिव एकनारायण अर्यालसम्म पुगेको छ ।

नेपालमा पक्राउ पुर्जी जारी भएपछि भारत पुगेका अर्याललाई प्रहरीले भारतबाटै नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गृह मन्त्रालयको उच्च स्रोतले भने उनी भारतबाट पक्राउ परेको पुष्टि गरेको हो। पक्राउपछि उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

श्रमिकसँग अवैध रूपमा रकम असुली गरी मलेसिया पठाइएको आरोपमा अर्यालमाथि अनुसन्धान भइरहेको छ । उनी श्रम मन्त्रालयको सचिव रहेका बेला भएको निर्णय प्रक्रियामा उनको भूमिका रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

यो प्रकरणमा तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित अन्य अधिकारी तथा व्यवसायी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूमाथि ठगी र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।

मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणलगायतका नाममा रकम असुली गरिएको र त्यसरी उठाइएको रकम विदेश पठाइएको आरोप छ । श्रमिकको बाध्यतालाई कमाइको माध्यम बनाइएको भनिएको यो प्रकरणमा राजनीतिक नेतृत्वदेखि प्रशासनिक तहसम्मका व्यक्तिको भूमिका अनुसन्धानको दायरामा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *