कांग्रेस बागमती संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले नियुक्त

निर्वाचन विषेश

काठमाडौं । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा नियुक्त भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा नियुक्त गरेको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बैठकले काफ्लेलाई मुख्य सचेतकमा मनोनीत गरेको हो ।
काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ ९क० बाट निर्वाचित सांसद हुन् । काफ्ले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन । उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७9 सय ५५ मत ल्याएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट