`

राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दै, फागुन २५ देखि चैत १० भित्र सम्पन्न गर्ने आयोगको तयारी 

Nepal One HD १६ माघ २०७९ ११:३७
निर्वाचन विषेश

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्ने भएको छ । सरकारसँग परामर्श गरेर आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक मिति घोषणा गर्न लागेको हो । आयोगले आज शहीद दिवसको अवसर परेर मिति र कार्यक्रम घोषणा गर्ने तयारीमा लागेको हो ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जनकारी दिएका छन् । फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्ने गरि तयारी गर्ने उनले बताएका छन् ।

संविधान र ऐन बाझिएकाले आयोगले फागुनमा चुनाव गर्न लागेको हो । यस विषयमा आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरिसकेको छ । यद्यपि मिति घोषणा गर्नुअघि प्रधानमन्त्री प्रचण्डसँग आज नै थप परामर्श गर्ने आयोगको तयारी छ ।


प्रतिक्रिया