नेता बास्कोटा भन्छन् : ‘एमाले घात प्रतिघातको राजनीतिमा विश्वास गर्दैन’


विराटनगर । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र माओवादीबीच सत्ता समीकरण बनाउने क्रममा एमालेले सभामुख र राष्ट्रपति पाउने सहमति भए अनुसार नै अहिलेको समीकरण अघि बढ्ने बताएका छन् । विराटनगरमा नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘उनले भने फागुन २८ गते भित्र राष्ट्रपतिको निर्वाचन हुँदैन की भनेर शंका गर्ने र कसैलाई उत्तेजित गर्नु पर्दैन । एमाले घात प्रतिघातको राजनीतिमा विश्वास गर्दैन । सधैँ षड्यन्त्र र घोकाधडीको राजनीति गरेर हुँदैन । यसले नागरिकमा वितृष्णा उत्पन्न भई देश अकल्पनीय दुर्घटनामा पनि जान सक्छ ।’ उनले आगामी फागुन २८ गते भित्र राष्ट्रपति देशले पाउनै पर्ने कानुनी व्यवस्था रहेको जानकारी दिँदै त्यो मितिसम्ममा राष्ट्रपतिको निर्वाचन हुने बताए ।
नेता बास्कोटाले धोकाधडीको राजनीतिको बारेमा सोच्नै नहुने बताउदै धोकाधडीको राजनीतिले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाई थियो । नेता बास्कोटाले एमाले घात प्रतिघातको राजनीतिमा विश्वास नगर्ने टिप्पणी गरेका छन् ।