`

आफूलाई स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै

Nepal One HD २२ माघ २०७९ ९:५२
निर्वाचन विषेश

काठमाडौँ ।  नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा भएको माग गर्दै निर्वाचन आयोग जानुहुने भएको छ ।

चितवन– २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो हुनुभएको नेता  श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुहुने भएको हो । 

नेता श्रेष्ठले आज बिहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने तयारीमा हुनुहुन्छ । 

काँग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित हुनुभएको थियो । लामिछाने नागरिकता सम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त हुनुभएको थियो । 


प्रतिक्रिया