राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी अर्याल निर्विरोध चयन हुने सम्भावना


काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल सर्वसम्मत निवाचित हुने सम्भावना देखिको छ । नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत निवाचित हुने सम्भावना देखिको हो ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अर्याललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा एमालेका सांसद सुवास नेम्वाङका अनुसार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना एमालेबाट भएकाले उपाध्यक्षमा माओवादीलाई सघाउने भएको छ ।
अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन् ।
उनी २०६३मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन् । अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेकी थिइन्।उनी अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन् ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।