भारतका मोन्टी देसाई राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा नियुक्त

खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्ति भएका छन् । करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले मोन्टीलाई देसाईलाई नेपाल क्रिकेट संघ क्यानले औपचारिक नियुक्ति दिएको हो ।
राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा फागुन २ गतेदेखि हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् ।
नेपाली टोलीले अहिलेसम्म कुल २४ खेल खेल्दा आठ जित, १४ हार र दुई बराबरीसहित १८ अंक पाएको छ। नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।
अब नेपालले १२ खेल खेल्न बाँकी छ। ओडीआई मान्यता जोगाउन नेपालले १२ मध्ये अधिकांश खेल जित्नुपर्ने दबाबमा छ। नेपालले स्कटल्यान्ड र नामिबियासँगको श्रृंखलापछि यूएई र पपुवा न्यू गिनीसँग त्रिविमै खेल्नेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट