राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको माधवकुमार नेपालको दाबी

प्रमुख खबर

काठमाडौँ – नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको दाबी गरेका छन् । आज दाङको भालुवाङमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपतिको विषयमा आफू के बन्ने भन्ने बारे अझै सोचिन सकेको बताए ।
उनले आफूलाई राष्ट्रपतिको प्रस्ताव आउनु स्वाभाविक भए पनि त्यसका लागि वृहत् छलफलको आवश्यकता रहेको बताए । उनले राष्ट्रपति निर्वाचनलाई पावर शेयरिङको रूपमा पार्टीको भूमिका हुनुपर्नेमा जोड दिए ।
उनले भने,‘अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चा-परिचर्चाहरू धेरै छन् । कुनै टुङ्गो लागेको छैन । चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा भने पावर शेयरिङमा हाम्रो भूमिका हुनुपर्दछ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट