रवि लामिछानेसंग रामचन्द्र पौडेलले मागे सहयोग
राजनीति
काठमाडौं – राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
शनिबार लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।
आज बिहान नेकपा माओवादी केन्द्रसहितका ८ दलले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि पौडेलको लामिछानेलाई गरेको आग्रहमा रविले आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
