`

राप्ती बबई क्याम्पसको निर्वाचन स्थगित

Nepal One HD ७ चैत २०७९ २०:४९
निर्वाचन विषेश

दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको हो। 

आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेकोमा एउटै व्यक्तिसँग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो। त्यसपछिसो करिब २ बजेदेखि मतदान कार्य अवरुद्ध भएको थियो ।

निर्देशिकाअनुसार स्थगित भएको क्याम्पसमा ५ चैतबाट ३० दिनभित्र निर्वाचन गराउनुपर्ने हुन्छ । सोही अनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ । 


प्रतिक्रिया