दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान

निर्वाचन विषेश

अत्तरिया, ७ चैत – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत ८ गते बुधबार हुने स्ववियु निर्वाचनको तयारी भएको निर्वाचन समितीले जनाएको छ । निर्वाचनको लागी तीन वटा मतदान स्थल बनाइएको छ ।
मत पत्र छापाईदेखी अन्य सुरक्षाको तयारी समेत पुरा भएको समितिले जनाएको छ । मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । बिहान ८ बजेदेखी ४ बजेसम्म मतदान गर्न सकिने छ ।
क्याम्पसमा झण्डै ११ सय ७२ मतदाता रहेका छन् । निर्वाचनमा सभापतिको लागी ५ जना चुनाबी मैदानमा होमिएका छन् ।
नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल बनेको छ भने अनेरास्वबियु एकल प्यानलसहित चुनाबमा जाने भएको छ । यस्तै २ जनाले स्वतन्त्र टिमसहित उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट