उपनिर्वाचन : एमालेले तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने

निर्वाचन विषेश

काठमाडौं – पछिल्लो समय आगामी वैशाख १० मा हुने उपनिर्वाचनको निकै चर्चा छ । उपनिर्वाचनका लागि नेकपा एमालेले पनि उम्मेदवार तय गरेको छ ।
शनिवार बसेको पार्टिको सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेश र जिल्ला कमिटीको सिफारिसका आधारमा उनीहरुलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बारा(२ मा भने को उम्मेदवार बनाउने भन्ने विषयमा थप छलफल गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट