`

उम्मेदवारी मनोयन दर्ताः कांग्रेसका महामन्त्री थापा तनहु, विश्वप्रकाश चितवन पुग्ने

Nepal One HD २० चैत २०७९ ७:०८
निर्वाचन विषेश

काठमाडौं, २० चैत । आज हुन गईरहेको उपनिर्वाचनको उम्मेदवारी मनोयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् ।कांग्रेस केन्द्रिय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहु–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन् ।

कांग्रेसले तनहु–१ मा गोबिन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बारा–२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गरेकाले सो क्षेत्रमा भने कांग्रेसको उम्मेदवार रहने छैन । 


प्रतिक्रिया