राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

खेलकुद

काठमाडौं / राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय खेलबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय खेल खेलेका छन्। जसमा ८७६ रन बनाएका छन्। त्यस्तै, ४५ वटा अन्तर्राष्ट्रिय टी-२० मा ८८३ रन बनाएका छन्।
उनले सन् २०१८ मा पहिलो एकदिवसीय खेल खेलेका थिए। त्यस्तै, सन् २०१४ मा पहिलो अन्तर्राष्ट्रिय टी-२० मा नेपालको प्रतिनिधित्व गरेका थिए ।
उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट