भारत र पाकिस्तानसँग खेल्नु हाम्रो लागि खुशीको पर्व हो: सन्दीप
काठमाडौँ / क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ ।
सोमवार बिहान उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पकास्तिान प्रस्थान गर्नुभएको हो ।
पाकिस्तान उड्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताउनु भयो । उहाँले एशिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एशिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुशीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’
लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताउनु भयो ।
नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिष्पर्धा गर्दैछ ।
