`

विराटनगर आगालागी घटनाका थप एकको मृत्यु

Nepal One HD २१ मंसिर २०८० १२:२४
समाचार

कोसी । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी घटनामा घाइते एक जनाको मृत्यु भएको छ । काठमाडौमा उपचाररत सुनिता कामतको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।
यससंगै आगलागीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाको घटनास्थलमै र अर्का एक जनाको न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।
थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर ४ जना घाइतेमध्ये सुनिताकोे मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका रीता सरदार, सुनिता कामत, पिंकी कामत र किशोर कामतलाई थप उपचारका लागि हिजो सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । उनीहरुमध्ये सुनिता कामतको मृत्यु भएको हो । अरुको उपचार भइरहेको छ ।


प्रतिक्रिया