अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश
प्रमुख खबर
काठमाडौं । जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो म्यादको अनुमति दिएको हो । दुवै जनालाई सीआईबीले कीर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो ।
बिहीबार सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो । त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
