शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुङ्ग्याइन्छ : प्रधानमन्त्री
प्रमुख खबर
उदयपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताएका छन् ।
रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उनले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउनका लागि राजनीतिक दलबीच सहमतिको प्रयास जारी रहेको बताए ।
प्रधानमन्त्री दाहालले अहिले पहिले जस्तो आर्थिक सङ्कट नभएको भन्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताए । प्रधानमन्त्री दाहालले आजे उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन तथा निरीक्षण गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
